‘मां’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)
SamacharDesk – बिराज | २०८० भाद्र ३१, आइतबार

गायक बिजेन्द्र चवालको नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा नेपालभाषा एकेदमिका भाइस चान्सलर मल्ल के. सुन्दरले म्यूजिक भिडियो सार्वजनिक गरे ।
म्यूजिक भिडियो सार्वजनिक पछि कार्यक्रममा बोल्दै एकेदमिका भाइस चान्सलर मल्लले गीतसंगीतले नेपालभाषाको कला र साहित्य क्षेत्र मात्र नभई समग्र समुदायलाई पनि सम्पन्न बनाइरहेको बताए ।
सार्वजनिक गरिएको गीतका संगीतकार अमरराज राजोपाध्यायले नेपालभाषाका गीतहरुमा संगीत दिन व्याकरणको समेत ज्ञान हुनुपर्नेमा जोड दिँदै संगीतकारहरुले भाव मात्र नभई अर्थलाई समेत ध्यान दिन सुझाव दिए ।
वरिष्ठ निर्देशक रामकृष्ण खड्गीले वर्तमान समयमा नेपालभाषाका म्यूजिक भिडियोहरुको संख्यामै जोड दिन कलाकर्मी र दर्शकमा आग्रह गरे ।
सार्वजनिक गरिएको गीतमा स्वर बिजेन्द्र चवालको रहेको छ भने संगीत अमरराज राजोपाध्याय र रचना अनिश शाक्यको रहेको छ ।
योवन शाक्यले निर्देशन गरेको म्यूजिक भिडियोको दृश्य सम्पादन रंग संयोजन र छायाङ्कन दिनेश महर्जनको रहेको छ । म्यूजिक भिडियोमा सुजन मानन्धर, रुपा महर्जनको साथमा बाल कलाकार आरभ महर्जन, ओस्मी रंजित र सेद्रिना महर्जनले अभिनय गरेका छन् ।
गीत हाइलाइट्स नेवार युट्युब च्यानलमा अपलोड गरिएको छ ।
Categorized in पेजथ्री