arin enterprises

कार्तिक नाचमा आज मधुकैटभ वध कथा प्रस्तुत गरिँदै

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १८, शुक्रबार

आज कार्तिक नाचमा जलशयण मधुकैटभ वध कथा प्रस्तुत गरिँदैछ । आजको बेलुका ७ बजे मंगलबजारको कात्ति डबलीमा जलशयण मधुकैटभ वध गीति नाटक प्रस्तुत गर्ने  कात्तिक नाच प्रवन्ध समितिले जनाएको हो ।

आजको प्रस्तुतीमा कलाकार विवेककृष्ण श्रेष्ठले नारायणको भुमिका निर्वाह गर्दैछन् भने माहिर उदास लक्ष्मीको भुमिकामा छन् । सरस्वती सुप्रीन्स शाक्य बन्दा जय रौनक श्रेष्ठ र बिजय शिवेस शर्मा बन्दैछ्न् ।

महामायाको भुमिका शिव जोशीले निर्वाह गर्दा ब्रह्माको भुमिका सुफल शाक्यले निर्वाह गर्दैछ्न् । यस्तै मधुको भुमिकामा पुजन श्रेष्ठ र कैटभको भुमिकामा कोसिस ताम्राकार रहेका छन् ।

जलसयन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको पाँच दिने कार्तिक नाच मध्ये यो पहिलो नाच हो ।

अरु नाच प्रस्तुतिको दिन निश्चित नरहेपनि जलशयण, बराह र नृसिंह अवतारको प्रस्तुति भने हरेक वर्ष निश्चित एकै दिनमै निकालिने गरिन्छ ।

जलशयण हरिबोधनी एकादशीको दिन, बराह अवतार कार्तिक शुक्ल द्वादशीको दिन र कार्तिक नाचको मुख्य आकर्षणको रूपमा रहेको नृसिंह नाच कार्तिक शुक्ल त्रयोदशीको दिन मात्र देखाउन मिल्ने नियम छ ।

आजको प्रस्तुति नारायण आफ्नो निन्द्राबाट उठि मधुकैटभको बध गरेको कथामा आधारित छ । नारायण हरीशयनी एकादशीमा क्षीरसागरमा सयन गरेपछि उनको कानेगुजीबाट दैत्यद्वय मधु र कैटभ प्रकट हुन्छन् ।

त्यसपछी उनीहरुले क्षीरसागरमा तहल्का मचाउन थाल्छ । तहल्का मचाउंदै सुतिरहेका नारायणको नाभिबाट निस्केको कमलको फुलमा ब्रह्मा बसिरहेको देख्छ र ती दुवैले त्यसको डाँठ हल्लाई ब्रह्मालाई तल खसाल्न खोज्छ ।

यो देखेर महामाया देवी आएर मधुकैटभसँग युद्ध गर्न थाल्छ । युद्धमा महामायाले नसकेपछि चामर र पंखा लिएर सुतिरहेका नारायणलाई हम्काउँछिन् ।

त्यसपछि नारायण आफ्नो निन्द्राबाट उठी र मधुकैटभसँग युद्ध गर्न थाल्छ । युद्धमा नारायणले पनि मधुकैटभलाई हराउन सक्दैन ।

नारायण मधुकैटभको यो पराक्रम देखि प्रसन्न भई बरदान माग्न आग्रह गर्छ ।

‘हामीलाई युद्धमा हराउन नसक्ने नारायणले हामीलाई के वरदान दिन सक्छ र बरु हामीसँग माग के माग्छौ, तिमीले जे माग्यो हामी त्यही दिन तैयार छौँ’ मधुकैटभले भने ।

यति सुनेपछि नारायणले मैले तिमीहरुको टाउको काटि बध गर्न पाँउ भनी वरदान माग्छन् । मधु र कैटभले तिमिले हामीलाई मार्न छल गर्‍यो तर हामी आफ्नो बोलिको पक्का छौं भन्दै उनीहरु नारायणको अगाडि जान्छन् र नारायणले आफ्नो सुदर्शन चक्रले मधुकैटभको टाउको काटि बध गर्छ ।

हरिशयनी एकादशीको दिन क्षीरसागरमा सुत्न गएका नारायण आज हरिबोधनी एकादशीको दिन ब्युँझिने जनविश्वास छ ।

आजको कात्तिक नाच अन्तर्गतको प्रस्तुतिमा महामायाले मधुकैटभलाई युद्धमा नसकेपछी चामर पंखा हम्काई नारायणको आराधना गरि उठाउनु नै हरिबोधनी एकादशी प्रतीकात्मक रुप हो । 

Categorized in संस्कृति