माओवादी उपाध्यक्ष महरा पक्राउ
SamacharDesk | २०८० चैत्र ५, सोमबार

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।
महरालाई कपिलवस्तुको मायादेवी गाउँपालिका पकडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई आइतबार मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो । महरालाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । महरासँग यसअघि आयोगले बयान समेत लिएको थियो ।
महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
Categorized in राष्ट्रिय