arin enterprises

नेपालमा मानसिक रोग चुनौतिपूर्ण : स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत

SamacharDesk | २०८० माघ २५, बिहिबार

नेपालमा मानसिक रोग दिनप्रतिदिन चुनौति बन्दै आइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउनुभएको छ ।

आज ललितपुर मानसिक अस्पतालमा संचालनमा आएको किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस्तो बताउनभएको हो ।

उहाँले विगतमा भन्दा आधुनिक युगमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताउनु भयो ।

मन्त्री बस्नेतले मानसिक रोगी किन बढिरहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताउनु भयो । किशोरकिशोरीमा हुने मानसिक रोगको उपचारका लागि मन्त्रालयको तर्फबाट जुनसुकै सहयोग गर्न आफू तयार रहेको बताउनु भयो ।

उहाँले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताउनु भयो । यसको लागि मन्त्रालयले योजना तर्जुमा गरी भविष्यमा हरेक प्रदेशमा मानसिक उपचार केन्द्र स्थापना गर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले मानसिक रोगको निवारणका लागि आवश्यक परे कानून समेत बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।

Categorized in राष्ट्रिय