मरियम पाकिस्तानको पञ्जाव प्रान्तकी मुख्यमन्त्री बनिन्
SamacharDesk | २०८० फाल्गुण १५, मंगलबार

पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुख्यमन्त्रीमा निर्वाचित भएकी छिन् । सोमबार प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले मरियम मुख्यमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम पाकिस्तानकी पहिलो मुख्यमन्त्री हुन् । सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानका कुनै पनि प्रान्तमा महिला मुख्यमन्त्री बनेका थिएनन् ।
५० वर्षीया मरियम सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भइन् । उनले २२० मत प्राप्त गरिन् ।
आरक्षित सिट सम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिँदै मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।
उनी पाकिस्तानको राष्ट्रिय सभा वा संसद्को तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन् ।
निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकलाई सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
Categorized in अन्तर्राष्ट्रिय