arin enterprises

नेवारहरुको मौलिक चाड “मतिना पारु”

SamacharDesk – राम डंगोल | २०८० पौष ११, बुधबार

यःमरी पुन्हीको भोलिपल्ट नेवारहरु “मतिना पारु” चाड मनाउँछन् । 

मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झी हाल्छौ । 

हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृती भुल्दै गएका छौ भने बिदेशी पर्व अंगाल्दै गइरहेका छौ । 

'भ्यालेन्टाइन डे' मात्र होइन 'अप्रिल फुलू' 'ह्यापी न्यू यर' जस्ता धेरै यस्ता पर्वहरु हामीले अंगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतीमा पहिले नै बिद्यमान थियो । 

मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो । यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरुको दिन वा दिवस भन्ने बुझिन्छ ।

नेवारहरु आपफ्नो धार्मिक संस्कार, नित्य कर्मका साथसाथै माया, प्रेम, दया, करुणा आदि प्रेमसँग सम्बन्धित कुराहरुमा पनि अगाडि रहेका छन् भन्ने यस पर्वले ईंगित गरेको पाइन्छ ।

योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन् । लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी गर्दा यसको अर्को पक्ष भनेको माया पनि हो ।

परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन। यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो ।

त्यो बेला अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदान प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् ।

त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ । सो समयमा आफ्नो आमा बुबाले नदेख्ने नसुन्ने गरी राती घरमा केटा बोलाउने, आफ्नो घर परिवार बाहिर हुँदा प्रेमी बोलाउने परम्परा थियो ।

यसका साथै नेवार समुदायहरुमा धेरै जात्रा तथा पर्वहरु भइरहन्छ । पौराणिक कालदेखि नै आजको दिन प्रेम बन्धनमा बाँधिएका जोडीहरु जात्रा तथा पर्वहरुमा भेट्ने, देवी देवताहरु दर्शन गर्न आउने क्रममा प्रेमी प्रेमिकाहरु एक आपसमा भेटघाट गर्ने र प्रेम साटासाट गर्ने गर्दथे ।

तसर्थ हाम्रो आप्mनै मौलिक चाड पर्वहरु हुँदाहुँदै अन्य देशबाट आयातित पर्वहरुलाई बढी प्राथमिकता दिने र त्यो पर्वको राम्रो पक्ष भन्दा नराम्रो पक्षलाई बढी आत्मसाथ गरी विकृति फैलिएको पाइन्छ ।

आफ्नो मौलिक चाडपर्वहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने तथा हाम्रो मौलिक चाडपर्वहरुलाई प्रचारप्रसार गर्ने र त्यसको महत्वबारे जानकारी दिन सके हामा यस्ता पुर्खादेखि चलेका मौलिक परम्पराहरुलाई जोगाइराख्न सक्ने देखिन्छ ।

Categorized in विचार