सुनसरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ सुरु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक २०, बिहिबार
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा इटहरीमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालन भइरहेको दीगो पर्यटन परियोजना (एसटीपी)को सहयोगमा यो तालीम सञ्चालन गरिएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संघका अध्यक्ष तेजबहादुर गिरीले नेपाल पर्यटन बोर्ड र यूएनडीपीले दिएको सहयोगले स्थानीय युवालाई दक्ष बनाएर होटल व्यवसाय र पर्यटन विकासमा ठोस योगदान पुर्याउने विचार राखे ।
संघका महासचिव कृष्ण पराजुली, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला कुमारी बराल, इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाले बरिष्टा तालिमले स्थानीय युवालाई उद्यमशीलता र दीगो पर्यटन विकासमा अग्रसर गराउने बताए ।
२५ दिनसम्म चल्ने यो तालिममा सहभागीहरूले कफीका सम्पूर्ण परिकारहरूको तयारी, प्रस्तुति, र सेवाका व्यावसायिक पक्ष सिक्नेछन् ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अनुसार, यस्तो सिपमूलक तालिमले स्थानीय रोजगार सिर्जना र पर्यटन क्षेत्रको समग्र गुणस्तर सुधारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
Categorized in बिजनेस




