मेलम्चीको पानी नियमित पठाउन चार अर्ब बढी खर्च लाग्ने
SamacharDesk | २०८० चैत्र २२, बिहिबार

मेलम्चीको पानी बाह्रै महिना संचालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
आज सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा कार्यकारी निर्देशक जक्की अन्सारीले सो कुरा बताउनु भएको हो ।
उनले मेलम्ची खानेपानी आयोजनालाई सुधार गरेर बाह्रै महिना उपत्यकाका धारामा पानी ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । आयोजनाको दिगो व्यवस्थापन तथा सुधार गरेर पानी वितरण गर्नेगरी तयारी भइरहेको उहाँले बताउनुभयो ।
निर्देशक अन्सारीका अनुसार अहिले पनि आयोजनामा थुप्रिएको गेग्रान ७० प्रतिशत हटाउनुपर्ने अवस्था रहेको र आयोजनास्थल नजिक अझै पनि ठूलो बाढीपहिरोको जोखिम रहेकाले कुनबेला आयोजनालाई क्षति पुग्ने हो भन्ने आशङ्का रहेको बताउनुभयो ।
दीर्घकालिन रुपमा आयोजनाको सुधार गर्नका लागि एक किलोमिटर माथि हेडबक्स सार्नुपर्ने उहाँ बताउनुहुन्छ । गत साउन २८ र २९ गते आएको बाढीले पहिलाको अस्थायी संरचनामा क्षति पुर्या उँदा मेलम्ची आयोजनाको पानी बन्द गरिएको थियो ।
वर्षायामको सुरुआतसँगै बाढीबाट आयोजनाको ‘हेडबक्स’ जोगाउन मुस्किल भएपछि आयोजना नै बन्द गर्नुपरेको अन्सारीले बताउनुभयो ।
Categorized in राष्ट्रिय