जेरुसेलममा भएकाे झडपमा २ सय बढि घाइते
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ बैशाख २५, शनिबार

इजरायलको जेरुसेलममा प्रहरी र प्यालेस्टिनीहरुबीच भएको झडपमा २ सयभन्दा बढि घाइते भएका छन् ।
७ मे को दिन जेरुसेलमको अल–अक्सामा भएको झडपमा कम्तीमा २०५ जना घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्मयहरुले जनाएका छन् ।
जेरुसेलममा इजरायली प्रहरी र प्यालेस्टिनीहरुबीच गएको एक हप्तादेखि हिंसात्मक झडप भइरहेको छ ।
प्यालेस्टिनी रेड क्रिसेन्टले घाइतेहरुको उपचारमा सहयोग गरिरहेका छन् । अस्पतालको आकस्मिक कक्ष भरिएकोले घाइतेहरुको उपचारका लागि फिल्ड अस्पताल खोलिएको रेड क्रिसेन्टले बताएको छ ।
यहूदिहरुको लागि ठुलो महत्व राख्ने यस मस्जिदमा रमजानको महिना चल्दै गर्दा शुक्रबार यहाँ निकै भीड थियो । झडपमा भीडले इजरायली प्रहरीमाथि ढुङ्गाको साथमा बोतल र पटाखाले प्रहार गरेका थिए भने प्रहरीले भीडलाई नियन्त्रणमा लिन भन्दै रबरको गोली र स्टन ग्रेनेड प्रहार गरेको बताइएको छ ।
प्यालेस्टाइनका राष्ट्रपति महमूह अब्बासले यो अशान्तिका लागि इजरायली सरकार दोषि रहेको बताएका छन् ।
सन् २००० मा यहि मस्जिदबाट प्यालेस्टिनी व्रिदोहको शुरुवात भएको थियो ।
इजरायले शहरका केही भागहरुमा प्रतिवन्ध लगाईदिँदा यहाँ हिंसात्मक झडपहरु भइरहेका छन् । प्रतिवन्ध लगाइएका शहरका यी भागहरुमा रमजानको महिनामा प्यालेस्टिनीहरु नमाजपछि भेला हुने गर्दथे ।
पूर्वी जेरुसेलमका यी भागहरुमा इजरायल र प्यालेस्टाइन दुबैले दाबी गर्दै आएका छन् । कैयौं दिनको तनाव र झडप पछि इजरायलले यो प्रतिवन्ध हटाएको थियो ।
तर इजरायलले फेरी पूर्वी जेरुसेलमको शेख जर्राह इलाकाबाट कैयन प्यालेस्टिनीहरुलाई जबरजस्ती हटाइदिएपछि फेरी झडप शुरु भएको हो ।
Categorized in अन्तर्राष्ट्रिय