काँग्रेस र एमालेका दर्जन बढि नेता माओवादी प्रवेश
SamacharDesk – बिराज | २०७८ फाल्गुण १०, मंगलबार

नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको दावी गर्नुभयो ।
मधेसमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्र पार्टी प्रवेश गरेका रौतहटका नेकपा एमालेमा रहेका नेता, कार्यकर्ताको साथमा सुदुरपश्चिमबाट नेपाली काँग्रेसका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको थियो ।
Categorized in राजनीति