arin enterprises

मोरोक्कोको भूकम्पमा मर्नेको संख्या हजार पुग्यो

SamacharDesk | २०८० भाद्र २३, शनिबार

मोरक्कोमा शुक्रबार राति सवा ११बजे गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार  पुगेको बीबीसीले जनाएको छ ।

हिजो राती मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिण-पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको उच्च एटलस पर्वतमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

माराकेश र दक्षिणका धेरै क्षेत्रमा मानिसको मृत्यु भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ। भूकम्पमा परी मृत्यु भएका तथा घाइते भएका अधिकांश दुर्गम क्षेत्रका हुनसक्ने अनुमान गरिएको छ ।

मोरक्को गृह मन्त्रालयले भूकम्पले अल-हौज, माराकेश, ओआरजाजते, अजिलाल, चिचौवा र ताराउदान्ट प्रान्त र नगरपालिकाहरूमा मानिसहरूको मृत्यु भएको र लाखौं व्यक्ति घाइते भएको बताएको छ।

भूकम्पपछि उत्तरी मोरक्कोको फेस शहरका बासिन्दाहरु सम्भावित पराकम्पहरुको चिन्तामा छन् ।

कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् । रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भुक्म्पको धक्का महशुस गरिएको थियो ।

तरौडान्ट र माराकेस शहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय