पूर्व मिस् नेवाःसहित चार जनालाई ‘नइ पुरस्कार’
SamacharDesk – विजयरत्न | २०८० फाल्गुण ११, शुक्रबार

नेपालको वाङमय क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था ‘नइ प्रकाशन’ चार जना व्यक्तित्वहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ प्रदान गर्ने भएको छ ।
नई प्रकाशनले एक विज्ञप्ति जारी गर्दै नेपाली कला, साहित्यको उत्थानमा योगदान पुर्याउने चार जना व्यक्तित्वलाई पुरस्कृत गर्न लागिएको जनाएको हो ।
नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईका अनुसार अभिनय, नाटक, सिर्जना र हास्यव्यंग्य क्षेत्रमा विशिष्ट योगदान पु¥याए बापत शैलेन्द्र सिम्खडालाई ६० हजार रुपैयाँ राशिसहितको ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ प्रदान गरिने भएको छ ।
त्यस्तै राजधानीबाहिर बसेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएबापत झापाका रीमा पाण्डे ‘मिनी’लाई ५० हजार रुपैयाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ प्रदान गरिँदैछ ।
डा.साधना प्रतीक्षालाई प्राध्यापन, अनुसन्धान तथा सिर्जनाद्वारा नेपाली भाषा साहित्यको विकासमा प्रशंसनीय कार्य गरेको भन्दै ५० हजार रुपैयाँ राशिको ‘नइ देरुनीख गौरव पुरस्कार’ बाट पुरस्कृत गरिने भएको छ ।
समाजसेवाको फाँटमा समर्पित रहँदै साहित्य, कला र संस्कृतिको संवर्ध्दनका लागि क्रियाशील रहेको भन्दै पूर्व मिस नेवाः नितु डङ्गोललाई २५ हजार रुपैयाँ राशिको ‘नइ देरुनीख पौैरख पुरस्कार’ प्रदान गर्ने निर्णय भएको सदस्य सचिव प्रसाईँले जानकारी गराए ।
Categorized in समाज