arin enterprises

नारायणगढ–मुग्लिन सडक २४सै घण्टा खुला

SamacharDesk | २०८० फाल्गुण १३, आइतबार

नारायणगढा–मुग्लिन सडक निर्माणमा दैनिक चार घण्टा बन्दै हुँदै आएकोमा आजदेखि बन्द नहुने आयोजना जनाएकोछ ।

आयोजना अन्तर्गत नागढुंगा–मुग्लिन सडक पहाड कटाइको काम लगभग सकिएकोले अबदेखि २४सै घण्टा बाटो सुचारु हुने भएको छ ।

आयोजनाले गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडकखण्डको तुइन खोलामा पुल निर्माणका लागि सडक बन्द गर्दै आइरहेको थियो ।

गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काट्ने काम पूरा भएपछि काम बन्द गरेको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेको छ ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ ।

तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

Categorized in समाज