नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न
SamacharDesk – बिजयरत्न | २०७८ पौष ११, आइतबार

राष्ट्रवादी चलचित्रकर्मीको परिचय बनाएका निर्माता अभिनेता नवल खड्काको चलचित्र ‘काँडेतार’ को शुटिङ सम्पन्न भएको छ ।
विगतको चलचित्र निर्माणको अनुभव सम्झँदै निर्माता, निर्देशक नवल खड्काले विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दैछ भन्ने लागेको बताउनुभयो ।
त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राख्दै काँडेतारको निर्माण गरेको खड्काको भनाई थियो ।
देशको सिमानामा राखिने काँडेतार बारले मुलुक बीचमा नागरिक र भूमिको संरक्षण मात्रै गर्ने नभई, असल छिमेकीसँगको सदभाव कायम राख्छ भन्ने चलचित्रको कथासार रहेको खड्काले जानकारी गराउनुभयो ।
करिब तीन करोड रुपैयाँको लगानीमा निर्माण भएको बताइएको ‘काँडेतार’ मा नवल खडकाको साथमा गौरव पहाडी, रेविका गुरूङ्ग, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरीको अभिनय रहेको छ ।
साथमा चलचित्रमा रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु के.सी., खेम नेपाली, देवेन्द्र कोईराला, रामबिश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरे, बाल कलाकार मानादिया खड्का र सनया खड्का आदिको पनि अभिनय देख्न पाइनेछ ।
नवल खडकाले नै निर्देशन गरेको ‘काँडेतार’ का कार्यकारी निर्माता सत्यकला राई रहेको छ ।
चलचित्रको लेखन शिवम अधिकारी र नवल खड्काले गरेका छन् भने छायांकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एसोसियट निर्देशक रामशरण कोईराला, कास्टिङ्ग निर्देशक केशव रायमाझी, मुख्य सहायक निर्देशक बिश्वजंङ्ग माझी, संगित मणि थापा र दिपक शर्माको रहेको छ ।
Categorized in पेजथ्री