arin enterprises

आयोगले राष्ट्रियसभाको उम्मेदवारी दर्ता मिति तोक्यो

SamacharDesk | २०८० मङ्सिर १८, सोमबार

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता तय गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो ।

पुष २० गते मतदातावली नामावली प्रकाशित हुनेछ । दाबी विरोधका कार्य पछि पुष २२ गते अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ ।

यो संगै २३ गते उम्मेदवारी दर्ता, यस उपर परेका उजूरी उपर जाँचबुझ गरी पुष २६ गते अन्तिम नामावली प्रकाश गरिने आयोगले जनाएको छ ।

उम्मेदरवारलाई नाम फिर्ता लिने समय २७ गते र सोही दिन २ बजे अन्तिम नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका छ ।

पुष २८ गते निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । मतदान माग १० गते विहान ९ बजेदेखि ३ बजेसम्मका लागि तय भएको छ ।

मतदान सम्पन्न भएपछि सोही दिन मतगणना गरिने छ ।

Categorized in राष्ट्रिय