arin enterprises

एसीसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात

SamacharDesk | २०८० चैत्र ३०, शुक्रबार

एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो। शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो  खेलमा मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ओमानको अल अमरेत मैदानमा टस जितेर पहिले ब्याटिङ  गरेको नेपालका लागि आशिफ शेखले सर्वाधिक ३२ रन जोडे। कप्तान रोहित पौडेल २८, कुशल भुर्तेल २४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले २० रन बनाए।

नेपालका लागि गुल्सन झाले नटआउट ७ बलमा १९ रन तथा सन्दीप जोराले नटआउट १२ रन बनाए । मलेसियाका वीरन्दीप सिंहले सर्वाधिक ३ विकेट लिए।

मोहम्मद वाफिक र पवनदीप सिंहले १र१ विकेट लिए। त्यसअघि अल अमेरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट ९मिनिस्ट्री टर्फ २० मा मलेसियाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । 

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ ।

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।

Categorized in स्पाेर्ट्स