arin enterprises

कुनै सहमति नभएको नेपालको भनाई

SamacharDesk – बिराज | २०७८ बैशाख २४, शुक्रबार

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् ।

ट्वीटरमा ट्वीट गर्दै नेपालले वार्ता र लचकता दुवै अपनाउने तर हालसम्म कुनै सहमति नभएको बताएका हुन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो’ नेता नेपालले लेखेका छन्, ‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।’

साथै २०७७ फागुन २८ गते र त्यसपछि बसेका बैठकहरु र त्यसले गरेका निर्णयहरु पनि फिर्ता लिनुपर्ने बताउँदै नेपालले २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफुहरुको बटमलाइन भएको पनि बताएका छन् ।

कुनै पनि किसिमको भ्रममा नपर्न, नअल्मलिन नेपालले आग्रह गरेका छन् । 

Categorized in राजनीति