नेपाल यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा
SamacharDesk | २०८० माघ १३, शनिबार

अफगानिस्तालाई हराउँदै नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ।
जारी यू–१९ विश्वकपको हिजो नेपाल र अफगास्तिानबीचको खेलमा १४६ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनाउँदै ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको हो ।
नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो। अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान खनालले ७३ बलमा सात चौकासहित अर्धशतक बनाउनुभएको हो।
८९ बलको सामना गर्दै कप्तान खनालले ५८ रन जोड्नुभयो। ८९ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिपक बोहराले २७ रन बनाउँदा आकाश त्रिपाठी १६ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आफगानिस्तानका लागि फ्रिदोन दावदजाईले तीन विकेट लिए । त्यस्तै खलिल अहमद र नसिर खानले दुई–दुई विकेट लिए ।
अफगानिस्तानका लागि गजनफर र अर्ब गुलले एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानल ४० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४५ बनाएको थियो ।
आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाए । त्यस्तै नशिर खानले ३१ रन जोड्दा फ्रिदोनले २९ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन खर्चे ।
त्यस्तै दिपेश कडेलले दुई विकेट लिँदा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक–एक विकेट लिए ।
Categorized in स्पाेर्ट्स