arin enterprises

साम्वा बिना नै फाइनलमा जोर्डनसँग भिड्डै नेपाल

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १७, बिहिबार

वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले आज उपाधिका लागि जोर्डनसँग खेल्दैछ । साउदी अरबको जेद्धामा हुने फाइनल खेलमा नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको फाइनल खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका छन् ।

समूह चरण देखि सेमिफाइनलसम्म नेपाल र जोडन दुवैको जबर्जस्त प्रदर्शन गरेका छन् ।

नेपालले आज हुने फाइनल खेल प्रतियोगिताकी सर्वाधिक गोलकर्ता सवित्रा भण्डारी (साम्वा) बीना नै खेल्नु पर्ने छ । फ्रान्समा हुने महिला फुटबलको सर्वोच्च लिग खेल्ने प्रतिवद्धताका कारण आजको खेलमा साम्वाको अनुपस्थिति हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुष्टि गरेको हो ।

जोर्डन यस प्रतियोगिताको साविक विजेता मात्र नभएर प्रतियोगिताको सर्वाधिक सफल टिम समेत हो ।

फिफा वरियतामा आफु भन्दा माथि रहेको जोर्डनसँग नेपालको आफ्नो वास्तविक परिक्षा दिनेछ ।

नेपालको महिला टिम फिफा वरियताको १ सय ५ औं स्थानमा र जोर्डन ७४ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स