भारतलाई हराउँदै नेपाल फाइनलमा
SamacharDesk | २०८१ कार्तिक १२, सोमबार

साफ महिला च्याम्पियनशीप फुटबलमा पाँच पटकको विजेता भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको दशरथ रंगशालामा हिजो सम्पन्न खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि नेपालले पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भयो ।
हिजोको खेल निकै तनावग्रस्त बन्यो । खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि लामो समय स्थगित भएको थियो ।
भारतका खेलाडीले गोल गरेर खुसीयाली मनाउँदै गर्दा नेपालले गोल गरेको पछि त्यसलाई मान्यता नदिएपछि होहल्लाका साथै तनाव सुरु भएको थियो । यसपछि खेलमा विवाद भयो र झन्डै एक घण्टा खेल रोकियो ।
खेलमा हाफ टाइमपछि नेपालकी अग्र पङ्क्तिकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाएपछि खेलमा विवाद उत्पन्न भएको थियो ।
दशरथ रङ्गशालामा जारी खेलमा भारतीय खेलाडीलाई फाउल गरेको भन्दै रेफ्रीले नेपालकी फरवार्ड रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड देखाउँदै रातो कार्ड दिइएको थियो ।
तनावपूर्ण स्थितिपश्चात सुरु भएको खेलको केहीबेरमा नेपालकी सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो ।
टाइब्रेकरमा नेपालको लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिषा कार्कीले गोल गर्दै टोलीलाई विजयी गराए । भारतको कप्तान आशालता देवीको पहिलो प्रहार गोल पोस्टमा ठोकिएर फर्केको थियो ।
जितसँगै नेपालले बंगलादेशविरुद्धको फाइनल भिडन्त तय गरेको छ । अघिल्लो संस्करणमा पनि नेपालले सेमिफाइनलमा भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
तर फाइनलमा भने बंगलादेशसँग पराजित हुँदै उपाधि बिमुख भएको थियो । साफ महिला च्याम्पियनसिप फुटबलको यसअघिका ६ मध्ये पाँच संस्करणको फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
Categorized in स्पाेर्ट्स