arin enterprises

नेपालभाषाको चलचित्र ‘गालय् वन’ को प्रोमो सार्वजनिक

SamacharDesk – बिराज | २०७९ श्रावण १४, शनिबार

एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को ट्रेलर र गीत सार्वजनिक भएको छ ।

भक्तपुरमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्रको प्रमोको साथमा गीतको पनि लोकार्पण गर्नुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको साथमा वरिष्ठ कलाकार प्रकाश अधिकारीले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए ।

चलचित्रका निर्देशक संयुक्त स्थापितले चलचित्रको प्रदर्शनको मिति पनि छिट्टै सार्वजनिक गर्ने जानकारी गराउनुभयो ।

सार्वजनिक गसिएको गीतमा गायक पूर्णमान महर्जन र गायिका रत्न शोभा महर्जनले स्वर दिएका छन् । गीतमा संगीत पनि पूर्णमान महर्जनको र शब्द विज्ञान पक्का (चकलेट) को रहेको छ ।

चलचित्रमा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाईलगायतको भूमिका रहेको छ ।

त्यस्तै सुप्रभा गाईजु, श्रीजना प्रजापति, विक्रम प्रजापति, रजत श्रेष्ठ, रोशनी श्रेष्ठ, पूर्ण कुमार अवाले, विश्व नारायण भैल, सिताराम माक, महेश प्रकाश हाडा, जीवन त्वाती, कमला त्वाती, जुन सितिख आदीको पनि अभिनय रहेको छ ।

छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।

कार्यक्रममा निर्देशकं र कलाकार आर्यम नकर्मी, निर्देशक बाशु शाही, चलचित्र कलाकार संघका उपाध्यक्ष सानु ताम्राकार, कलाकार श्यामसुन्दर शिल्पकार, निर्देशक पवन जोशी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरलगायतको उपस्थिती थियो ।

Categorized in पेजथ्री