arin enterprises

रुस–युक्रेन युद्धमा चार नेपालीको मृत्यु भएको पुष्टि

SamacharDesk | २०८० मङ्सिर १३, बुधबार

रुसी सेनामा भर्ती भएर रुस– युक्रेन युद्धमा अहिलेसम्म चार जना नेपाली मारिएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन ।

नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

उनीहरुमध्ये तीन जनाको गत १५ नोभेम्बर ९कार्तिक २९० गते र अर्का एकको असार २९ मै मृत्यु भएकोमा अहिले पुष्टी भएको रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानकारी दिनुभयो ।

दुतावासले मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न गत शुक्रबार काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको हो ।

मृत्यु हुनेमा थपलिया एक वर्षअघि रुसी सेनामा भर्ती भई गत जेठमा युद्धका लागि युक्रेन पठाइएका थिए । त्यसको एक महिनालगत्तै उनी मारिएको खबर परिवारले पाएका थिए ।

२०७८ फागुन १२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युद्ध अझै पनि जारी छ । रुस–युक्रेन युद्धपछि झन्डै १२ सय नेपालीले युक्रेन छाडेका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार श्रमस्वीकृति लिएर पछिल्लो १६ महिनामा ५ सय ९६ जना नेपाली रुस गएका छन्

Categorized in राष्ट्रिय