न्युजिल्याण्डको लगातार तेस्रो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २७, शनिबार

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो ।
चेन्नेईमा भएको यस खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्यलाई न्युजिल्याण्डले ४२ दशमलव ५ ओभरमा मात्र २ विकेट क्षतिमा पुरा गर्यो ।
न्युजिल्याण्डको लागि डेरिन मिशेलले ६७ बलमा अविजित ८९ रन बनाए । उनले ६ चौका र ४ छक्का प्रहार गरेको थियो ।
कप्तान केन विलियम्सले ७८ रनमा रिटायड हर्ट लिएका थिए । डेवोन कानवे ४५ रन बनाउँदा रचिन रबिन्द्र ९ रनमा पोविलियन फर्किएका थिए । ग्लेन फिलिप्स १६ रनमा नटआउट रहेका थिए ।
बंगलादेशका मुस्तफिजुर रहमान र सकिब अल हसनले समान एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतीमा २ सय ४५ रन बनाएको थियो ।
बंगलादेशको लागि मुस्ताफजुर रहमानले सर्वाधिक ६६ रन बनाएको थियो । कप्तान सकिब अल हसनले ४० रन जोडे ।
महमुदुल्लाहले अविजित ४१ रन बनाएको इनिङ्समा मेहदी हसन मेराजले ३० रनको योगदान गरे । अन्यको प्रर्दशन भने उल्लेख्यनिय रहन सकेन ।
न्युजिल्याण्डका लाकी फग्र्युसनले ३ तथा ट्रेन्ट बोल्ट र मेट हेनरीले समान २ विकेट हात पारे ।
ग्लेन फिलिप्स र मिचेल सेन्टनरले समान एक एक विकेट हात पारे ।
न्युजिल्याण्डले ३ खेलबाट ६ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।
एक खेलमा मात्र जित हात पारेको बंगलादेशले ३ खेलमा २ अंक जोड्डै छैटौ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स