न्युजिल्यान्डः गर्भ तुहेका वा मृत शिशु पाएको दम्पतीले तलबी विदा पाउने
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १४, शनिबार

न्युजिल्यान्डमा गर्भ तुहेका वा मृत शिशु पाएका दम्पतीले तलबी विदा पाउने नयाँ कानुनको पारित भएको छ ।
हालै मात्र यो कानुन न्युजिल्यान्डको संसदबाट पारित भएको हो ।
यो विधेयक न्युजिल्यान्ड संसदका सदस्य गिन्नी एन्डर्सनले गत बुधबार संसदमा पेश गरेका थिए ।
पहिला यस्तो अवस्थामा पिडितहरुले बिरामी विदा लिनुपर्ने चलन थियो । तर अब यो कानुनले बच्चा जन्माउने आमा र तिनका अभिभावकहरुलाई तिनीहरुको दुखकोे बेला तलब पाउने गरी शोक विदा दिने छ ।
न्युजिल्यान्डको संसदमा सर्वसम्मतबाट पारित यो कानुन अन्तर्गत सरकोकारवालाले तीन दिनको तलबी विदा पाउने बताइएको छ ।
यो कानुन सरोगेसी गरी सन्तान जन्माउन चाहनेहरुको सवालमा पनि मान्य हुने बताइएको छ ।
यस्तो कानुन लागु गर्ने न्युजिल्यान्ड विश्वको दोश्रो मुलुक हो । यस अघि भारतले यो कानुन कायान्वयनमा ल्याएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय