arin enterprises

विवाह बन्धनमा बाँधिदै न्यूजील्याण्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २६, आइतबार

न्यूजील्याण्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा आर्डनल विवाह बन्धनमा बाँधिने भएकी छन् ।

४० वर्षीय आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्न लागेको बताएकी छन् । तर विवाहको एकीन मिति भने सार्वजनिक गरेकी छैनन् ।

गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता हुन् । उनीहरु पहिलो पटक सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भटेको  थियो ।

जेसिन्डा सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा पहिलो दिन क्लार्कको टिभी कार्यक्रममा गएकी थिइन् । त्यहीदेखि उनीहरुबीच माया प्रेम गाढा भएको थियो ।

उनीहरू विवाह वन्धनमा नबाधिए पनि लामो समयदेखि सँगै बस्दै आएका छन । गत वर्ष उनीहरुको आपसी सहमतीमै छोरी नेभे समेत जन्माएका थिए ।

सन् २०१९मा गर्भवती भएकै बेला न्युजिल्यान्डको प्रधानमन्त्रीको पद सम्हालेको जेसिन्डा न्यूजील्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् ।

उनले सन् २०१९ मा गाईफोर्डसँग विवाहको छिनोफानो गरेकी थिइन् । 

Categorized in अन्तर्राष्ट्रिय