पीएसजीमाथि न्युक्यासको शानदार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १८, बिहिबार

च्याम्पियन्स लिग फुटबलमा न्युक्यासलले पेरिस सेन्ट जर्मेन (पीएसजी)माथि शानदार जित हात पारेको छ ।
बुधबार भएको समूह एफको खेलमा न्युक्यासलले पीएसजीलाई ४–१ गोल अन्तरले हराएको हो ।
न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा अग्रता न्युक्यासलले १७ औं मिनेटमा मिगुएल अलमिरोनको गोलमा लिएको थियो । डान बर्नले ३९ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ५० औं मिनेटमा सान लान्गस्टाफले न्युक्यासललाई ३–० को अवस्थामा पुर्याएका थिए ।
पीएसजीका लुकास हर्नान्डेजले ५६ औं मिनेटमा गोल गर्दै गोलको अन्तरलाई कम गर्ने प्रयास गरेका थिए ।
तर इन्जुर समयमा फेबियान शारले गोल गर्दै न्युक्यासललाई ४–१ को फराकिलो जित दिलाए ।
योसँगै युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगितामा न्युक्यासलले प्रभाव जमाउँदै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
तालिकाको शीर्ष स्थानको न्युक्यासलको ४ अंक छ । पीएसजीको ३ अंक, एसी मिलानको २ अंक र बोरुसिया डर्टमण्डको १ अंक छ ।
Categorized in स्पाेर्ट्स