निउ स्कुटरले ल्यायो किस्ताबन्दी योजना
SamacharDesk – बिराज | २०८० पौष २७, शुक्रबार

इलेक्ट्रीक स्कुटर निउले किस्ताबन्दी योजना सार्वजनिक ल्याएको छ । २० प्रतिशत डाउन पेमेन्टर ५ हजार भन्दा कम ईएमआईमा कम्पनीले किस्ताबन्दी कार्यक्रम बजारमा ल्याएको हो ।
नेपालको लागि निउ इलेक्ट्रीक स्कूटरको आधिकारिक वितरक जियांसु निउ इलेक्ट्रीक टेकनोलोजि कम्पनी लिमिटेडले मध्यमवर्गीय परीवारले पनि किस्ताबन्दीमा सजिलै स्कूल खरिद गर्न सकिने योजना ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार विना कुनै क्रेडिट कार्ड २० प्रतिशत डाउनपेमेन्टमा किस्ताबन्दीमा स्कूटर खरिद गर्न सकिनेछ । त्यस्तै मासिक तलब १० हजार भन्दा कम भएका व्यक्तिले पनि न्यूनतममा मासिक ५ हजार रुपैयाँ भन्दा कम किस्ता तिरे पुग्नेछ ।
किस्ताबन्दीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया २ दिनमै पूरा हुने पनि कम्पनीले जनाएको छ ।
नेपालमा निउ स्कूटरका चार वटा मोडल उपलब्ध रहेको छ ।
एमक्यूआई प्लस स्पोर्ट्स र यूक्यूआइ जिटिको मूल्य २ लाख ७६ हजारसम्म रहेको छ । त्यस्तै गोभा जि ३ को मूल्य २ लाख ७७ हजार र एनक्युआई स्पोर्ट्सको ३ लाख ४८ हजार रहेको छ ।
यसैबीच काठमाडौंको लागि निउ स्कूटरको विक्रेता स्वनिगः अटो प्रा.लि.ले पनि कम्पनीबाट लागू गरिएको किस्ताबन्दी योजनासँगै थप सुविधा समेत दिइरहेको जनाएको छ ।
स्वनिगः अटोका संचालक सदस्य दिपक तुलाधरले त्यौडस्थित स्वनिगःको शोरुमबाट निउ स्कूटर नगद खरीद गरेमा विशेष छुटको साथमा विभिन्न उपहारहरु पनि दिइने जानकारी दिए । कम्पनीबाट ल्याइएको किस्ताबन्दी योजना स्वनिगःमा उपलब्ध रहेको तुलाधरले जानकारी दिए ।
Categorized in बिजनेस