arin enterprises

लुम्बिनीमा पोखरेलविरुद्ध फेरी अविश्वास प्रस्ताव दर्ता

SamacharDesk – बिराज | २०७८ बैशाख २६, आइतबार

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरी अविश्वास प्रस्ताव दर्ता भएको छ ।

विपक्षी दलका ४० प्रदेश सांसदका हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

प्रदेश प्रमुखले सम्वद्ध दलहरुसँग कुनै परामर्श नगरी संविधान विपरित पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि गत वैशाख ६ गते पनि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

सो प्रस्तावमा छलफल गर्न वैशाख १९ गते प्रदशेसभाको विशेष अधिवेशन पनि बोलाइएको थियो । तर अधिवेशन सुरु हुनु अघि नै १९ गतेकै दिन विहानै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिँदै संसद अधिवेशन अन्त्य गरेका थिए ।

सोही दिनमा फेरी पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष आफैं मुख्यमन्त्री बन्न दावी पेश गर्दै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विपक्षी चार दलले आफुहरुसँग बहुमत भएको भन्दै माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीलाई मुख्यमन्त्री बनाउनुपर्ने दावी गर्दै आएका छन् ।

Categorized in राजनीति