बझाङमा मृत्यु हुने पुरुषमा कोरोना संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ श्रावण १३, मंगलबार

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा आज फेरी थप एक जना थप भएको छ ।
गत साउन ९ गते बझाङमा मृत्यु हुने ६५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
उनको गत साउन ९ गते घरमै निधन भएको थियो ।
बझाङ जिल्ला बुङगल गाउँपालिका ३ बस्ने पुरुषको स्वाब नमूनाको परिक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
उनी गत असार २४ गते भारतको बेङलोरबाट फर्केका थिए ।
मृतक पुरुष दमको दीर्घ रोगी समेत रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।
Categorized in समाज