arin enterprises

मोरङमा कोरोना संक्रमित वृद्धको मृत्यु

SamacharDesk – बिकाश | २०७७ श्रावण २०, मंगलबार

मोरङका एक कोरोना संक्रमित वृद्धको मृत्यु  भएको छ ।

मोरङ जिल्ला विराटनगर महानगरपालिका ५ आदर्श टोल निवासी ७७ वर्षीय वृद्धको हिजो मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हिजो विहान ९ः३० बजे कोशी अस्पताल लगिएको थियो ।

अस्पतालमा उनलाई आइसोलेसनमा राखी उचापर गरिँदै थियो भने हिजै उनको मृत्यु भएको हो । 

उनको कोरोना परिक्षणको आज आएको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

मृतक वृद्ध मधुमेह र रक्तचापको दीर्घ रोगी समेत रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

Categorized in समाज