उपत्यकासहित ५२ जिल्लामा ७ सय ७ नयाँ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ भाद्र ४, बिहिबार

पछिल्लो २४ घन्टामा देशका विभिन्न कोभिड प्रयोगशालामा गरिएको स्वाब नमूनाको परिक्षणमा काठमाडौं उपत्यकासहित ५२ जिल्लामा ७ सय ७ जना नयाँ संक्रमित थप भएका छन् ।
आज पनि ५२ जिल्लामध्ये सबैभन्दा बढि काठमाडौंमा एक सय ७४ जना नयाँ संक्रमित थपिएका छन् भने सर्लाहीमा ९३, पर्सामा ५५, धनुषा र अछाममा ३१/३१, कपिलवस्तुमा ३० जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी मकवानपुरमा २५, सिराहामा २१, सप्तरी, कास्की र दैलेखमा १९/१९, ललितपुर र रुपन्देहीमा १८/१८, बाँके र डोटीमा १६/१६, महोत्तरीमा १५, सुनसरीमा १३ जना संक्रमित भेटिएका छन् ।
साथै, तेहथुम र मोरङमा ९/९, बारा, बागलुङ र भक्तपुरमा ८/८ जना, रौतहटमा ६, दाङ र उदयपुरमा ४/४, नुवाकोट, नवलपरासी पूर्व र गुल्मीमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।
दोलखा, धादिङ, तनहुँ, बर्दिया, डडेलधुरामा २/२ जना र झापा, धनकुटा, काभ्रे, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, स्याङ्जा, प्यूठान, रोल्पा, कालिकोट, जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत, कैलाली, दार्चुला, बझाङ र वैतडीमा एक/एक कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा सबैभन्दा बढि प्रदेश २ मा २ सय ४८ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २४ जना संक्रमित थपिएका छन् ।
वागमति प्रदेशमा २ सय ३६, गण्डकीमा ६७ जना र सुदुरपश्चिम प्रदेशमा ५३ नयाँ संक्रमित भेटिए । प्रदेश ५ मा ४२ र प्रदेश १ मा ३७ जनामा संक्रमण देखिएको छ ।
Categorized in राष्ट्रिय