थप ३ जनाको मृत्यु, मृतक संख्या १४९
SamacharDesk – बिराज | २०७७ भाद्र ७, आइतबार

आज पनि नेपालमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दुई महिला सहित ३ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
सर्लाहिकी ३३ वर्षिया र पर्साकी ५६ वर्षीया महिलाको मृत्यु भएको छ ।
झापाका ५८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ४९ पुगेको छ ।
पछिल्ला दिनहरुमा नेपालमा दैनिक रुपमै कोरोना संक्रमणका कारण मृत्युहरु भइरहेका छन् ।
Categorized in समाज
