arin enterprises

थप ८ जनाको मृत्यु, मृतक संख्या १७५

SamacharDesk – बिराज | २०७७ भाद्र ८, सोमबार

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम आज पनि रोकिएन ।

आज फेरी थप ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीका ६८ वर्षिय पुरुष, मोरङ्गका ६५ वर्षिय पुरुष त्यसै गरी रुपन्देहिबाट ६७ वर्षिया महिला तथा ३८, ५३ तथा ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । 

पर्साकी ७० वर्षीया तथा काठमाडौंकी ४८ वर्षिया महिलाको पनि मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ ।

Categorized in समाज