arin enterprises

थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र ९, मंगलबार

कोरोना संक्रमणका कारण मृत्यु हुने क्रम आज पनि निरन्तर रह्यो । आज थप ७ जनाको मृत्यु भएको छ भने ७ मध्ये ३ जना काठमाडौंका रहेका छन् ।

आज मृत्यु हुने ७ जनामध्ये एक जना महिला छन् भने ६ जना पुरुषहरु रहेका छन् ।

काठमाडौंबाट ७१ वर्षीय महिला एक जनाको साथमा ७४ वर्षीय एक जना पुरुष र ६६ वर्षीय एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी सिराहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रुपन्देहीका ५५ वर्षीय पुरुषहरुको पनि मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय ६४ पुगेको छ ।

Categorized in समाज