arin enterprises

११ जना कोरोना संक्रमितको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र १०, बुधबार

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ७ वटा जिल्लाबाट २ जना महिला र ९ जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

मृत्यु हुने २ जना महिलामध्ये एक जना मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला छन् ।

त्यसैगरी कैलालीका ४५ वर्षीय र ५० वर्षीय पुरुषको साथमा महोत्तरीबाट ३ जना ६० वर्षीय, ७२ वर्षीय र ७५ वर्षीय पुरुषहरुको पनि मृत्यु भएको छ ।

बाँकेका ३७ वर्षीय पुरुष एक जना, काठमाडौंका ५१ वर्षीय पुरुष र बाराका ४१ वर्षीय र ४६ वर्षीय पुरुषहरु एक÷एक जनाको पनि कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । 

Categorized in समाज