राजस्थान द्वारा चेन्नाइ १६ रनले पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आश्विन ७, बुधबार

इण्डियन प्रिमियर लिग अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्समाथि जित हात पारेको छ ।
राजस्थानले मंगलबार राति भएको खेलमा चेन्नईलाई १६ रनले पराजित गरेको हो ।
यूएइको शारजाह क्रिकेट स्टेडियम खेलिएको उक्त खेलमा टस जितेर चेन्नईले पहिलो बलिङ गरेको थियो ।
पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २१६ रन जोडेको थियो। जसमा राजस्थानका लागि कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन जोडे भने सन्जु सामसनले ३२ बलमा १ चौका र ९ छक्का प्रहार गर्दै ७४ रन बटुले ।
बलिङमा चेन्नईका साम कुर्रानले तीन विकेट लिए।
जवाफी ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०० रन मात्र जोड्न सफल भयो ।
चेन्नईका लागि फाप डु प्लेसिसले ३७ बलमा ७२ रन जोडे । कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा ३ छक्कासहित नटआउट २९ जोडे पनि जित हात पार्न भने सकेन ।
त्यस्तै बलिङमा राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए ।
Categorized in स्पाेर्ट्स
