राजमति कुमति गीतको फिमेल भर्सन रिलिज भयो
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति को फिमेल भर्सन सार्वजनिक भएको छ ।
गायिका अगिना तण्डुकार शाहीको स्वरमा राजमति कुमतिको फिमेल भर्सन गीतको म्यूजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
म्यूजिक भिडियोमा गायिक अगिनाले पनि अभियन गरेकी छिन् भने रोशन शाक्य र दृष्टि जोशीको मुख्य भूमिका रहेको छ । दृष्टिले यसै म्यूजिक भिडियोबाट डेब्यु गरेकी हुन् ।
गीतको निर्देशनको साथमा रचना पवन जोशीको रहेको छ भने छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् ।
लोक लयमा आधारीत गीतको संगीत संयोजन संगीतकार अनिल तुलाधरले गरेका छन् ।
काठमाडौं उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरको विभिन्न स्थानमा गीतको छायाङ्कन गरिएको छ ।
यो समाचार पनि पढ्नुहोला
राजमति कुमतिको लेडिज भर्सन सार्वजनिक हुँदै
Categorized in पेजथ्री
