arin enterprises

सांस्कृतिक विविधतलाई स्वीकार्न राजोपाध्याय समाजको आग्रह

SamacharDesk – बिकाश | २०७७ कार्तिक २७, बिहिबार

बहुभाषिक, बहुसांस्कृतिक देश नेपालको सांस्कृतिक विविधितलाई स्वीकारी रमाईलोसँग चाडबाड मनाउन राजोपाध्याय समाजले आग्रह गरेको छ ।

समाजले विज्ञप्ती जारी गर्दै फरक भूगोलमा, फरक समुदायमा एउटै संस्कृति मनाउने तरीकामा फरकपना देखिनु स्वाभाविक भएको भन्दै आ–आफ्नो कुल परम्परा अनुसार तिहार मनाउन आग्रह गरेको हो ।

हाल तिहारको सन्दर्भमा नेवार समाजमा देखिएको अन्यौल अवस्थाको सम्वन्धमा लाग्दो तिथि अथवा छोड्दो तिथिमा चाड मनाउने दुबै मत शास्त्रीय मान्यता अनुसार सहि नै भएको समाजको भनाई छ ।

साँस्कृतिक विविधता नै नेपालको पहिचान भएकोले फरक परम्परालाई गलत भन्ननपर्ने समाजको धारणा रहेको छ ।

विभिन्न शास्त्र र पुराणमा लाग्दो तिथिको पनि प्रमाण रहेको र छोडदो तिथिको चाड मनाउने मतलाई विभिन्न शास्त्रले प्रमाणित गरेकोले दुबै मतलाई गलत भन्न नसकिने पनि समाजको दाबी छ ।

फरक परम्परा वा साँस्कृतिक विविधतालाई स्वीकार्दै सबै मिलेर रमाईलोसँग चाड मनाउन समाजले आव्हान गरेको छ ।

Categorized in संस्कृति