arin enterprises

ईरानमा कोरोना भ्याक्सिनको परिक्षण शुरु

SamacharDesk – बिकाश | २०७७ पौष १४, मंगलबार

ईरानले आफ्नो देशमा बनाएको कोरोना भाईरस विरुद्धको भ्याक्सिनको परिक्षण शुरु गरेको छ । कोब–ईरानब्लेसिङ नाम दिइएको भ्याक्सिनको परिक्षण आजबाट शुरु भएको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् ।

परिक्षणको क्रममा ईरानका वरिष्ठ अधिकारी मोहम्मद मोखबरकी पुत्री ताएबेह मोखबरलाई भ्याक्सिनको खोप दिइएको छ ।

वरिष्ठ अधिकारी मोखबरले देश केही हप्तामै लगभग १५ लाख खोप उत्पादन गर्न सक्षम हुने बताए ।

ईरानका स्वास्थ्यमन्त्री सईद नमाकीले सरकारी टेलिभिजनमा सम्वोधन गर्दै ईरानीलाई सन्देश दिएको बताए ।

‘हामी आफ्ना जनतालाई खोप दिन सफल हुनेमा पहिल्यै विश्वस्त थियौं,’ मन्त्री नमाकीले भनेका छन्, यदि कुनै समस्या आउँछ भने हामी र हाम्रो परिवारले त्यसलाई स्वीकार गर्नेछ ।’

हालसम्म ईरानमा लगभग १२ लाख मानिसहरु कोरोनाभाईरसबाट संक्रमित भइसके भने ५५ हजारले कोरोना संक्रमणकै कारणले ज्यान गुमाइसकेका छन् । 

Categorized in अन्तर्राष्ट्रिय