पेट्रोलको भाउ बढ्यो
SamacharDesk – बिराज | २०७७ माघ ५, सोमबार

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।
मूल्य बढेसँगै अब पेट्रोलको भाउ एक सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई इन्धन तथा एलपी ग्याँसको मूल्य यथावत् नै छ ।
मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ४.३४ रुपैयाँ, डिजेलमा प्रतिलिटर २.९६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार प्रत्येक महिनाको १५/१५ दिनमा मूल्य समायोजन गर्दै आएको छ ।
Categorized in बिजनेस