arin enterprises

म्यानमारमा सेनाले गर्यो ‘कू’, सुकी पक्राउ

SamacharDesk – बिकाश | २०७७ माघ १९, सोमबार

म्यानमारमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले कू गरेसँगै म्यानमारको शासन सत्ता अब प्रधान सेनापति मिन आङ हल्याइङको हातमा आएको छ ।

सत्ता कब्जा गर्दै सेनाले सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृनेतृ आङ सान सूकीलाई पक्राउ समेत गरेको छ । स्टेट काउन्सिलर आङ सान सुकीसँगै राष्ट्रपति विन मिन्टलगायत नेतालाई पनि सेनाले नियन्त्रणमा लिएको छ ।

साथै राजधानी नेउपिटाउसहित म्यानमारको प्रमुख शहरमा टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध पारिएको छ ।

सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणा समेत गरेको छ । सेना समर्थित टेलिभिजनमार्फत सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो ।

गत नोभेम्बरमा सम्पन्न चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

म्यानमारमा नोभेम्बरमा भएको निर्वाचनका विषयलाई सेना र सरकारबीच तनाव कायम थियो ।

निर्वाचन एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जित्दै बहुमत प्राप्त गरेको थियो भने सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टीले ३३ सिटमात्र पाएको थियो ।

निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सेनाले धाँधली भएको दावी गर्दै आएको थियो ।

म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन थियो । सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सूकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिनुभएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय