arin enterprises

चैत २५ देखि मनकामना केबुलकार ६ दिन बन्द हुने

SamacharDesk – समाचारडेस्क संवाददाता | २०७७ चैत्र २३, सोमबार

मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ ।

स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो भने केबुलकार चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने बताईएको छ ।

केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको हो ।

२३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो ।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मङ्सिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

 

Categorized in राष्ट्रिय