arin enterprises

विश्व प्रेस स्वतन्त्रता दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७८ बैशाख २०, सोमबार

आज मे ३ तारीख, विश्वभरीका प्रेसकर्मी विभिन्न कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । ‘सार्वजनिक सम्पत्तिको रुपमा सूचना’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाईँदैछ ।

आजको दिन अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ ।

तर विश्वभरी कोभिड महामारी फैलिएको अवस्थामा धेरै देशहरुमा भौतिक उपस्थितीका बीच औपचारिक कार्यक्रमहरुको आयोजना हुन सकेको छैन । यस वर्ष नेपाल लगायत अन्य देशहरुमा पनि यो दिवस भर्च्युअल कार्यक्रममै सीमित हुने देखिएको छ ।

नेपालमा आज दिवसको सन्दर्भमा युनेस्कोसँगको सहकार्यमा नेपाल पत्रकार महासंघले भर्च्युअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक हुँदैछ ।

सन् १९९३ मे ३ का दिन नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा प्रतिबद्धता जनाइएको दिनको स्मरणमा मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो ।

Categorized in राष्ट्रिय