arin enterprises

९ हजार १९६ संक्रमित थपिए, ५० को मृत्यु

SamacharDesk – बिकाश | २०७८ बैशाख २४, शुक्रबार

नेपालमा पछिल्लो पटक कोभिड १९ का ९ हजार १९६ जना नयाँ संक्रमित थप भएका छन् । जम्मा २० हजार ४८२ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।

परिक्षण संख्याको आधारमा यो ४४ दशमलव ८९ प्रतिशत हो ।

गएको २४ घण्टामा १९ हजार ९८७ आरटी पिसिआर र ४९५ एन्टिजेन परिक्षण गरिएको थियो ।

पछिल्लो पटक थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका २०४ जना बालबालिकाहरु छन् भने १९ देखि १९ वर्ष उमेर समूहका ६ सय जना छन् ।

नेपालमा हालसम्म ३ लाख ७७ हजार ६०३ जना कोभिड १९ बाट संक्रमित भइसके ।

विभिन्न संस्थागत र होम आइसोलेसनमा उपचाररत सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ रहेको छ । तीमध्ये ७२ हजार ७६९ जना संक्रमित होम आइसोलेसनमा छन् भने ५ हजार ८६० विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

७२८ जना आइसीयूमा उपचाररतमध्ये २३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

काठमाडौं उपत्यकाका ३ जिल्लासमेत २२ वटा जिल्लामा ५ सय माथि सक्रिय संक्रमित छन् भने २ सय माथि सक्रिय संक्रमित भएको जिल्लाको संख्या २१ रहेको छ ।

निको हुनेको संख्या पनि करीब ३ हजारको नजिक रहेको छ । पछिल्लो पटक २ हजार ९०५ जना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

थप ५० जना संक्रमितको संक्रमणका कारण मृत्यु भएको छ । नेपालमा ३ हजार ५७९ जनाले कोभिड संक्रमणका कारण ज्यान गुमाइसके । 

Categorized in राष्ट्रिय