नयाँ संक्रमितको संख्यामा कमी, दर भने यथावतै
SamacharDesk – बिकाश | २०७८ बैशाख २६, आइतबार

पछिल्ला दिनहरुमा एकाएक बढ्दै गएको कोरोना संक्रमितको संख्यामा हिजोबाट केही कमी आएको देखिएको छ । आज पनि विगतका दिनको तुलनामा संक्रमितको संख्यामा कमी देखिएको छ तर, दर भने यथावतै छ ।
आज परिक्षण संख्याको आधारमा ४५ दशमलव ६४ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा १९ हजार ३८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ७८७ आरटी पिसिआर र ६ सय एन्टिजेन परिक्षण गरिएको हो ।
आज थप हुने नयाँ संक्रमितमा ९ वर्षसम्मका बालबालिका २४३ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ६११ जना छन् ।
नेपालमा हालसम्म ३ लाख ९४ हजार ६६७ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
हाल ८८ हजार १६० सक्रिय संक्रमित उपचाररत छन् । तीमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा उपचाररत ६ हजार ७३० मध्ये ८३२ जना आइसीयूमा छन् भने २६७ जना भेन्टिलेटरमा छन् ।
पछिल्लो २४ घन्टामा संक्रमण निको हुनेहरुको संख्या पनि उच्च छ । थप ४ हजार २२ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण निको हुनेहरुको कुल संख्या ३ लाख नाघेको छ । हालसम्ममा ३ लाख २ हजार ७८७ जना कोरोना भाइरसलाई हराउँदै निको भइसकेका छन् ।
पछिल्लो २४ घन्टामा ८८ जना संक्रमितको मृत्यु भएको छ । नेपाली सेनाबाट कोभिड १९ को शव व्यवस्थापन तथ्याङ्कको आधारमा कोभिड १९ बाट मृत्यु भएकाहरुको संख्या थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ३ हजार ७२० पुगेको छ ।
Categorized in राष्ट्रिय