arin enterprises

ओलीलाई आजै विदाई गर्नुपर्ने भट्टराईको भनाई

SamacharDesk – बिराज | २०७८ बैशाख २७, सोमबार

जनता समाजवादी पार्टी (जसपा) का नेता साथै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै विदाइ गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजालमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई आजै विदाई गर्नुपर्ने ४ वटा कारणसमेत प्रस्तुत गरेका छन् ।

ओलीलाई विदाइ गर्नुपर्ने कारण प्रस्तुत गर्दै भट्टराईले प्रधानमन्त्री ओली कोरोना नियन्त्रणमा पूर्ण असफल भएको दावी गरेका छन् । साथै, संविधान विपरित संसद विघटन गरेर र दुई तिहाई नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको आरोप पनि भट्टराईले ओलीलाई लगाएका छन् ।

त्यस्तै संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको आरोप पनि भट्टराईको रहेको छ । ओलीलाई विदाई गर्नुपर्ने चौथो कारणमा भट्टराईले औषधी खरिदमा समेत भ्रष्टाचार गरेको ठोकुवा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिनेछन् । विश्वासको मतदानको पक्ष वा विपक्षमा मतदान गर्नका लागि जसपाले आफ्ना सांसदहरुलाई भने स्वविवेक प्रयोग गरी मतदान गर्न भन्दै स्वतन्त्र छोडेको छ ।

Categorized in राजनीति