परिक्षणको ४१.८६ प्रतिशतमा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७८ जेठ ३, सोमबार

नेपालमा आज परिक्षण संख्याको ४१ दशमलव ८६ प्रतिशतमा कोभिड १९ को संक्रमण पुष्टि भएको हो ।
जम्मा २२ हजार ८७ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो । २१ हजार ६५३ आरटी पिसिआर परिक्षणमा ९ हजार १९८ र ४३४ एन्टिजेन परिक्षणमा ४९ जना संक्रमित भेटिएका हुन् ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।
थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका २१९ बालबालिकाहरु छन् भने १० देखि १९ वर्ष उमेर समूहका ६४६ जना छन् ।
हाल एक लाख १३ हजार ४८० जना सक्रिय संक्रमित उपचाररत छन् । एक लाख ६ हजार ५१० संक्रमित होम आइसोलेसनमा छन् भने ६ हजार ९७० जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
आइसीयूमा रहेका एक हजार २५९ संक्रमितमध्ये ४ सय जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
पछिल्लो पटक ५ हजार ७६७ जना संक्रमित निको भएका छन् । हालसम्म ३ लाख ४५ हजार ५२३ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन् ।
नेपाली सेनाबाट विभिन्न मितिमा शव व्यवस्थापन गरेकोसमेत गरी गएको २४ घण्टामा जम्मा २१४ जना संक्रमितको मृत्यु भएको जानकारी प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ५ हजार २१५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
Categorized in राष्ट्रिय