लुकाकुको दुई गोलसँगै बेल्जियमको विजयी सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३०, आइतबार

युरोकपमा बेल्जियमले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको हो ।
सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले खेलको १० औं पहिलो गोल गर्दौ बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे ।
खेलको ३४ औं मिनेटमा थोमस मुनिएरले गोल गर्दै अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो र गोल गर्दै बेल्जियमको लागि तेस्रो गोल गर्दै ३–० को जित दिलाए । उनले मुनिएरको पासमा गोल गरेका हुन् ।
यो जितसँगै बेल्जियमले ३ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स