अष्ट्रियाको एतिहासिक जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३१, सोमबार

अष्ट्रियाले युरोकपमा एतिहासिक जित निकालेको छ ।
आइतबार राति रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले एतिहासिक जित निकालेको हो ।
उक्त खेलको १८ औं मिनेटमा स्टेफान लेनरले गोल गर्दै अष्ट्रियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले मार्सेलको पासमा गोल गरेका थिए ।
२८ औं मिनेटमा गोरान पाण्डेभले म्यासेडोनियाको लागि गोल गर्दै खेल १–१ गोलको बराबरीमा फर्काए । यो म्यासेडोनियाको युरोकपमा गरेको पहिलो गोल हो । यससँगै गोरान युरोकपमा गोल गर्ने दोस्रो सर्वाधिक बढी उमेरका खेलाडी बनेका छन् । उनले ३७ वर्ष २२१ दिनमा गोल गरेका हुन् ।
खेलको ७८ औं मिनेटमा माइकल ग्रेगोरिट्सले र ९० औं मिनेटमा मार्को आर्नोटोभिकले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए ।
युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो ऐतिहासिक पहिलो जित हो । यस अघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।
यो जितसँगै समूह ‘सी’ को अष्ट्रियाले ३ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स
