arin enterprises

स्पेनसँग स्विडेनको बराबरी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ १, मंगलबार

युरोकपमा स्विडेनले स्पेनसँग बराबरी गोलरहित बराबरी खेल्दै अंक बाडेको छ ।

सोमबार राति सेभिल्लास्थित एस्टोडियो डे ला कार्टुजामा भएको खेलमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा स्पेन र स्विडेनले अंक बाँड्दै चित्त बुझाएको हो ।

यो बराबरीसँगै स्पेन र स्विडेनले १–१ अंक जोडेको छ । स्पेन समूह ‘ई’ को दोस्रो स्थानमा रहेको छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ ।

यस्तै स्लोभाकिया ३ अंक जोडेर यो समूहको शीर्ष स्थानमा रहेको छ भने अंक विहीन पोल्याण्ड समूहको पुछारमा रहेको छ ।

Categorized in स्पाेर्ट्स